

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले एक स्थान सुधार गरेकाे हाे ।
नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएकाे हाे । नेपालले लिग–२ काे पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट वरीयतामा सुधार गर्दै १५ औँ स्थानमा आइपुगेकाे हाे ।
एकदिवसीय वरीयतामा नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यु गिनी २० औँ स्थानमा छ। नेपालभन्दा अघि ११ औँ स्थानमा आयरल्यान्ड, १२ औँ स्थानमा स्कटल्यान्ड, १३ औँ स्थानमा जिम्बावे र १४ औँ स्थानमा नेदरल्यान्ड्स छ ।
एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दाेस्राे, तेस्राे, चाैथाे र पाँचाैँ नम्बरमा छन् । यस्तै दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का, वेस्ट इन्डिज र अफगानिस्तान क्रमशः छैटाैँ, साताैँ, आठाैँ, नवाैँ र दशाैँ स्थानमा छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |