

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन्। विगत केही वर्षदेखि मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउँदै धेरै मान्छेलाई अमेरिका लैजाने गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए।
उनीहरुमाथि विस्तृत अनुसन्धान गरिसकेपछि विवरणहरु सार्वजनिक गरिने केसीले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले करिब १ हजार जना व्यक्तिलाई नक्कली शरणार्थी बनाउँदै अमेरिका पुर्याएको पाइएको छ। त्यसवापत प्रतिव्यक्ति ४० लाख रुपैयाँसम्म लिने गरेकोसमेत पाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |