

कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ ।
कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा संयुक्त राज्य अमेरिकामा दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुव्र्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवम् मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा चुनौती थपेको बताएको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी छ राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हरेचाह गर्ने गुमाएका बालबालिकाका निम्ति छात्रवृत्ति कोषमार्फत आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ । कोषबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा, आवासको प्रबन्ध गरिनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |