

धादिङ,१५ चैत ।
कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण फेरी बढ्न थालेसँगै स्वास्थ्य मन्त्रालयले रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो ।
ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ ।
भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि बुस्टर डोज लगाउन पनि सबैलाई आग्रह गरेको छ ।ने
पालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |