

चैत्र १७ गते शुक्रबार बेलुकी ८ बजेर ५४ मिनेटबाट देवगुरु बृहस्पति ग्रह पश्चिम दिशामा अस्त हुदैछन् । महत्त्वपूर्ण दुईवटा ठूला ग्रह शुक्र र देबगुरु बृहस्पति अस्त भएको समयमा शास्त्रले काम्यकर्म निषेध गरेको छ ।
गुरुअस्त भएको समयमा विवाह, व्रतबन्ध लगायतका ठूला विशेष यज्ञ अनुष्ठानआदि काम्य कर्म गर्न निषेध गरेकाे छ।आगामी २०८० साल वैशाख १५ गते शुक्रबार बिहान ३ बजेर ४२ मिनेटमा पूर्वबाट देबगुरु बृहस्पतिकाे उदयहुने पंञ्चाङ्गमा उल्लेख गरिएको छ।
नवग्रहहरूमध्ये बृहस्पतिलाई गुरु र मन्त्रहरुका कारक ग्रहका रुपमा व्याख्या गरिएको छ । पहेँलो धातु सुन, देशको आर्थिक अवस्था, कानून, धर्म, ज्ञान, मन्त्र, ब्राह्मण र संस्कार आदिकाे नियन्त्रण बृहस्पति ग्रहमा निहित हुन्छ।पञ्च तत्वहरूमा आकाश तत्वको प्रभुत्व भएकोले यसको प्रभाव धेरै व्यापक र विशाल हुनेगरेकाे छ । महिलाहरूको जीवनमा, विवाहको सम्पूर्ण जिम्मेवारी बृहस्पतिले मात्र निर्धारण गर्नेहुनाले विशेष रुपमा हेरिरहेको छ ।
बृहस्पति अस्तमा कस्ता कार्य गर्नु हुँदैन ?
अस्त भएको बेलामा बृहस्पति निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ ।
छ ।
कस्ता कार्य बृहस्पतिअस्तमा गर्नु मिल्छ ?
विशेषतः बृहस्पति अस्त प्रकृतिको एक नियमित चक्र हो ।याे हरेक बर्ष भैरहने प्रक्रिया हाे र अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि राेक्नुहुदैँन । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न मिल्ने शास्त्रीय वचन रहिआएको छ । शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।। कुनै पनि प्रकारका शान्ति कर्महरु पनि अस्त भएकाे समयमा गर्दा दाेष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ ।
लेखक : ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |