Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१७ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

हेर्नुृहोस् यस वर्षको ग्रहयोग

  • Default Profile
  • बागमती कलम
  • २०३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० बैशाख १, शुक्रबार (३ साल अघि)
हेर्नुृहोस् यस वर्षको ग्रहयोग

आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो ।

“यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ”, उहाँले भन्नुभयो ।

भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दलको नेतालाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ । प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ ।

नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछ । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ । नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ । अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ ।

लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो । वृष्टिः समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताउनुहुन्छ ।

संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति (सुख समृद्धि) हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरुको हानी, वाहनहरुको नाश, कम वर्षा र शासकहरुमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द हुने योग देखिएको उहाँ बताउनुहुन्छ ।

संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ ।

यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो ।

यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरु मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो ।

बुध राजा भएको वर्ष मायावी, ढोंगी, पाखण्डी, ठग र छलकपट गर्ने मानिसको हाउभाउ रहन्छ । अनौठो कर्म गर्ने, गायन विद्यामा निपूर्ण, नागरिक जन, चित्रकार र लेखकको वृद्धि हुन्छ । गणितवेत्ता र युद्ध कुशल व्यक्तिहरू उन्नति गर्दछन् । राष्ट्र प्रमुखको व्यवहारमा परस्पर अनपेक्षित परिवर्तन आउने हुन्छ ।

वार्ताकारहरू (संवाददाता, पत्रकार)को वृद्धि, पशुपाल, कृषि र व्यापारको वृद्धि हुन्छ । वेदहरूको प्रचार हुन्छ,कानूनको यथासम्भव पालना हुन्छ, धार्मिक कानूनको पालना गरिन्छ । अध्यात्मविद्या र योगविद्याको प्रचार, दण्डनीति, तर्कशास्त्रको पनि प्रचार हुन्छ । विदग्ध, सभा चतुर, हास्यप्रिय व्यक्तिहरू (अभिनेताहरू) दूतहरू, कविहरू, विद्वान, बालक, नपुंसक, तकनीकी विशेषज्ञ, ठूला पुलको नजिक बसोबास गर्ने र पर्वतीय व्यक्तिको हृदयमा विशेष सन्तुष्टि रहने हुन्छ । नयाँ–नयाँ औषधिको खोजी हुन्छ ।

भारतीय विद्वान् ज्योतिषाचार्य डा सुरेशचन्द्र मिश्रको संवत्सर संहितामा उल्लेख भएअनुसार बुध राजा भएको वर्ष लुकेका अपराधीको भण्डाफोर हुन्छ । गीतकार, सङगीतकार, अभिनेता, विद्वान्को गैरकानुनी गतिविधिको खुलासा हुने उहाँ बताउनुहुन्छ ।

असार १६ गतेदेखि भदौ १ गतेसम्म शनि र मङ्गल आमुन्नेसामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेका छन् । भदौ १ गतेदेखि मङ्गलको अष्टम पूर्ण दृष्टि राहुमाथि तथा असोज १६ गतेदेखि कात्तिक १३ गतेसम्म मङ्गल र राहु आमुन्ने सामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेर अङ्गारक योगको सिर्जना भएको छ ।

विसं २०८० को चैत महिनाभरि मीन राशिमा राहु र सूर्यको सहयुति तथा कुम्भ राशिमा शनि र मङ्गलको सहयुति भएको देखिने हुनाले चैतमा पूरै विश्वको विभिन्न देशहरूमा सङ्घर्षमय अवस्था रहन सक्छ । अर्को वर्ष मङ्गल राजा एवं शनि मन्त्री हुनाले २०८१ सालको सुरूमै पनि त्यति राम्रो ग्रहयोग नरहेको ज्योतिषी पोखरेल बताउनुहुन्छ ।-यो समाचार हामिले राससबाट लिएका हौँ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%१०%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution