

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् । विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना घटेको हो ।
मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले दिएको जानकारीअनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थानाका नौ गाउँ हेरालु र वार्ड कर्मचारीहरू निलम्बन गरिएको छ । प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ भने छ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ ।
यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई चार हजार आठ ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् । विषाक्त मदिराको सेवनबाट भारतमा प्रायः यस्ता घटना हुने गरेको पाइन्छ ।-एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |