

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात भएको छ । मंगलबार टियु मैदानमा भएको पहिलो खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ५ चौकाको मद्धतमा ७१ रनको योगदान गरे । अर्का ब्याटर कुशल मल्लले पनि विस्फोटक अर्धशतकिय पारी खेले । उनले४० बलमा ५चौका र ५छक्काको मद्धतमा७० रन बनाए ।
ओपनर आसिफ शेख १ रनमै आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले ३१ बलमा ५ चौका र २ छक्काको मद्धतमा ३८ रन जोडे । कप्तान रोहित पौडेलले ५ चौकाको सहयोगमा ४२ रन बनाएर आउट भए ।
मलेसियाका लागि विजय उन्नी, मोहम्मद वाफिक, रिजवान हैदर र विरनदीप सिंहको नाममा समान एक-एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।
मलेसियाका लागि अहमद फैजले अर्धशतकिय पारी खेले । उनले ९५ बलमा ८ चौका र १ छक्काको मद्धतमा ७६ रनको योगदान गरे । ओपनरद्पय मोहम्मद अमिर र विरनदीप सिंहले क्रमश: १७ र ४६ रनको जोडे ।
विजय उन्नीले १२ रन, सैयद अजिजले १३ रन, मोहम्मद स्याहदतले १५ रन, खिजर हयातले २२ रन, मुहम्मद वाफिकले १ रन, स्याजरुल इद्रुसले २१ रन बनाए । फित्री शाम शून्यमै आउट भए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा गुलसन झाको नाममा एक विकेट रह्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |