

वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ अैाशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालकाे कुनै पनि भूभागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दाेष नलाग्ने र बार्नु पनि पर्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ ।
बिहीबार बिहान सूर्याेदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणकाे प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ । बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दाेष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन ।
अश्विनी नक्षत्र,बिहीबार,पर्व विशेष माता तीर्थ अैांसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेकाे पाइँदैन । विशेषगरी मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ ।
माता तीर्थ अैांशी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेकाे ग्रहणयाेग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ । जन्म कुण्डलीमा नागदाेष या कुनै पनि प्रकारका ग्रहण दाेष याेग परेकाे छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दाेषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ।
बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारकाे दाेष नलाग्ने त्यसमा पनि बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।
वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसकाे चर्चा अधिक मात्रामा हुनेगरेकाे हाे । एक पटक लागेको ग्रहण पुन: दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ । अत:लामो समय कुर्नुपर्ने भएकाले पनि यस्ता ग्रहण याेगका पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ ।-जनतापाटी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |