

धादिङ,०८ बैशाख।
ओडिआईमा नेपालले पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको छ ।
युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।घरेलु मैदानमा नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो ।
पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन ।कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे ।
आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।त्यसपछि भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी गरे ।
रोहित ३४ बलमा २३ रन बनाएर १८औं ओभरमा आउट भए । त्यसपछि भिम पनि २०औं ओभरमा आउट भए । भिमले ५६ बलमा ३३ रन योगदान गरे ।भिम र रोहित आउट भएपछि आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए । आरिफ र शकुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे ।
आरिफले ४३ बलमा २९ रन बनाए ।कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मद्दतमा १०८ रन बनाए । ७२ रनमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई कुशलले आक्रमक ब्याटिङ गर्दै माथि उकासेका थिए ।दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए। सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए ।
करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए । ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए। नेपालले आफ्नो ५०औं ओडिआई क्रिकेट खेलिरहेको छ ।
नेपालले ओडिआईमा पहिलोपटक ३०० रन पूरा गर्यो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने ।
यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् ।१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |