


























मंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे ।
राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।
भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन् ।
तर, राज्यले भूकम्पपीडितकाे बासस्थानलाई खर्च गरेकाे बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुकाे अवस्था दयनीय छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |