

एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।
टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे । जितसँगै नेपालले समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।सोमपाल कामीले ३ विकेट लिँदा ललितनारायण राजवंशीकाे नाममा २ विकेट रह्याे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ ओभरमा ४० दशमलव ४० रन बनाएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ५८ बल र ६ चौकाको मद्दतले सर्वाधिक ४२ रन बनाए । नेपाललाई ललित र सन्दिपलेले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै एक चरणमा २८ ओभरमा १११–९ बनाएको थियो ।
कप्तान रोहितकुमार पौडेलले २७ बलमा ३६ रन बनाए । ओपनर आसिफ शेख्लेले २७ बलमा १९ रन बनाए ।
कतारका बायाँ हाते फास्ट बलर अमिर फारुकले ९.३ ओभरमा ४२ रन दिएर ४ विकेट लिए । काइस अहमदले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |