

एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन ।
त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन ।
नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।
यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन् ।
युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ वाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो ।
दुवै सेमिफाइनल खेल ९ बजेवाट सुरु हुनेछ ।
जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |