


























चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् ।
आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् ।आठ वटाको पहिचान नखुलेको उहाँको भनाइ छ ।
उहाँका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ ।
यस्तै आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५.०७६ मा आठ बाघ मृत भेटिएको थियो । आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा छ वटा बाघ मृत भेटिएका थिए ।
चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताउनुभयो ।
निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |