


























सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो ।
सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराईएको हो। पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएकाे छ । अब ती हेलिकोप्टर माथी सुरक्षा जाँच गरिने छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |