


























आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशभरको मौसम सफा रहने पूर्वानुमान छ।
ती दुई प्रदेशका पहाडी भेगका केही भूभागमा हिजो रातिदेखि नै मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हिजो राति कोशी र गण्डकी प्रदेशका पहाडमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको थियो।
आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र अन्य प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा सामान्य हावाहुरीको सम्भावना देखिएको छ।
आज राति देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी इलाकाका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |