

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।
परिक्षामा देशभर १४ सय ५७ परीक्षा केन्द्रमा चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएका छन् । धादिङ जिल्लामा १४ परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ,धादिङले जनाएको छ ।
इकाइका अनुसार धादिङबाट ३ हजार ५९२ जना विद्यार्थी परिक्षामा सहभागि छन् ।यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।
अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् । परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ ।
सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रुपमा लिइएको छ । परीक्षा बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने र जेठ ५ गते सकिने बोर्डले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |