

काठमाण्डौ,०३ ज्येष्ठ।
वैशाख १ गतेदेखि हिजोसम्ममा चट्याङ लागेर ५ जनाको ज्यान गएको छ भने ४३ जना घाइते भएका छन्।
पछिल्लो एक महिनामा चट्याङका ४४ वटा घटना परेर पाँच जनाको मृत्यु र ४३ जना घाइते भएको भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।
अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ।चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ ।
यस्तै, विज्ञका अनुसार चट्याङ पर्दा टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणलाई बन्द गरेर तार निकाल्नु पर्छ।यस्तै, यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ ।
उनीहरुका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चट्याङ पर्दा चलाउनु हुँदैन।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |