

धादिङ,०४ ज्येष्ठ।जेठ ७ गतेदेखि हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि धादिङबाट सहभागी हुने खेलाडीलाई आजदेखी क्लोज क्याम्प राखिदैँ छ।
बैशाख १२ देखि १६ गतेसम्म धादिङबेशीमा सञ्चालन भएको विभिन्न खेल विद्या तथा इभेन्टहरुका छनौट खेलाडीहरुलाई आज बिहिबारदेखी शनिबारसम्म क्लोज क्याम्प (बन्द प्रशिक्षण)मा राखिने धादिङ जिल्ला खेलकुद विकास समिति का अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेशीस्थित कर्भडहलमा खाने–बस्ने व्यवस्थासहित खेलाडीलाई प्रशिक्षण दिने तामाङले बताउनुभयो। प्रतियोगिताको लागि धादिङबाट ९४ जना पुरुष र ७७ जना महिला गरी १७१ खेलाडी सहभागि हुने तामाङले बताउनुभयो।
१२ बिधा जसमा महिला/पुरुष दुबैतर्फ भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, काता,पुम्से, कुमुते, ब्याडमिन्टन,उसु , क्रिकेट र फुटबलका खेलाडी सहभागी हुने तामाङले बताउनुभयो ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जेठ ७ गतेदेखि १३ गते सम्म हुने प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
जसमध्ये फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा, उसु र जुडो काठमाडौँमा र पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइने परिषद्ले जनाएको छ ।
प्रतियोगितामा विभिन्न बिधामा गरी प्रदेशभरबाट एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने जनाईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |