

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने भएकाले टाइफाइड रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाइ र वातावरण स्वच्छ राख्नु हो ।
सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने, बेला–बेलामा साबुनपानीले मिचीमिची हात धुने, राम्ररी पकाएको र सधैँ छोपेर राखेको खानामात्र खाने गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै बासी, सडेगलेको र झिङ्गा भन्केको खाना कहिल्यै नखाने र पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ताबेल प्रयोग गरी सफा र सुरक्षित पानी पिउने गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |