

धादिङ,०६ ज्येष्ठ ।
भोलिदेखि हेटौडामा हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने जिल्लाका खेलाडीलाई बिदाई गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङले शनिबार धादिङबेशीस्थित कभर्ड हलमा शुभकामना तथा बिदाई कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरेको हो ।

खेलाडीहरुलाई धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ सहित समितिका पदाधिकारी, बिभिन्न खेलकुद संघका अध्यक्ष,खेल प्रशिक्षक लगाएतले टिका र खादा लगाएर बिदाई गरेका थिए ।

कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष तामाङले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । विगतका प्रतियोगितामा पनि खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरेको भन्दै अहिले पनि खेलाडीहरुलाई उच्च मनोबलकासाथ जिल्लाको नाम उचो पार्ने गरी आफ्नो खेल्न प्रदशन गर्न आग्रह गर्नुभयो ।

प्रतियोगीतामा धादिङबाट महिला÷पुरुष दुबैतफ ९ बिधा जसमा तेक्वान्दो, कँराते, उसु, आईटिएफ तेक्वान्दो, भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन र एथ्लेटिक्सको गरी ९४ जना पुरुष र ७७ जना महिला गरी १७१ खेलाडी सहभागि हुने तामाङले बताउनुभयो ।खेलाडीहरु भोलि बिहान हेटौडा प्रस्थान गर्ने बताउनुभयो ।


खेलाडीहरुलाई जेठ ४ गतेदेखि कभर्ड हलमा क्लोज क्याम्प राखिएको थियो।बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जेठ ७ गतेदेखि १३ गते सम्म हुने प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

जसमध्ये फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा, उसु र जुडो काठमाडौँमा र पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइने परिषद्ले जनाएको छ ।

प्रतियोगितामा विभिन्न बिधामा गरी प्रदेशभरबाट एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने जनाईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |