

सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गरिसक्नु पर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तहअन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृतिका विद्यालयले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न निर्देशन दिएको छ ।
विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचना वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरु केन्द्रले गर्दै आएको केन्द्रले जनाएको छ ।
शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गर्न सकिने जनाइएको छ । यसरी अद्यावधिक गर्दा मोन्टेरी–ईसीइडीदेखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयले आआफ्नो विद्यालयको एक्सल बेस्डको आइइएमआइएस अनिवार्य रुपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मितिभित्र स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने केन्द्रले जनाएको छ ।
कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयले अनिवार्य रुपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले उक्त सूचनामार्फत जानकारी दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |