

रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ ।
उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |