


























धादिङ,१९ जेठ ।
पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा धादिङसहित देशभर गर्मी बढेको छ ।
पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लागेर अधिकतम तापक्रम बढिरहेकाले बढी गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको तर मनसुनको समय भइसकेकाले प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय भएकाले अझै केही दिन वर्षा नहुने मानन्धरले बताउनुभयो ।
नेपालमा मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने उहाँको भनाई छ । मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । तराई क्षेत्रमा मौसम सफा रहने हुनाले गर्मी बढ्ने उहाँको भनाइ थियो ।
नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |