

साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपाली टिममा गोलकिपर किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ रहेका छन् ।रक्षकमा देवेन्द्र तामाङ, निशान्त खड्का, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सिमान्त थापा रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा नविन लामा, मणिकुमार लामा,पुजन उपरकोटी, एरिक बिष्ट, लाकेन लिम्बु, आभास लामिछाने रहेका छन् ।
फरवार्डतर्फ विमल घर्तीमगर, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, आयुश घलान रहेका छन् ।
आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुदैँछ ।
नेपालले प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्नेछ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ ।
च्याम्पियनसिपमा पहिलो पटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउनेछन् ।
नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |