

अझै चार÷पाँच दिन गर्मी यस्तै रहने मौसमविद्ले बताएका छन् ।
तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।तराईका धेरैजसो जिल्लामा चार÷पाँच दिन नै तातो हावा लू चल्ने अनुमान छ ।
पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक÷दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उहाँले बताउनुभयो । फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने मौसमविद् लामिछानेले बताउनुभयो। यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उहाँको भनाइ छ ।
गर्मी बढेसँगै बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ ।देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् ।
गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएको डाक्टरले बताएका छन् । गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले खानपानमा ध्यान दिन पनि डाक्टरको सुझाव छ ।
गर्मीका बेला प्रशस्त शुद्ध पानी पिउन, बासी खानेकुरा नखान, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओड्न, छहारी तथा शीतल ठाउँमा बस्न, पातलो कपडा लगाउन चिकित्सकको सुझाव छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |