

देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।
यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने बताइएको छ ।
गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |