


























यस वर्षको मनसुन आज भोलिमै नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन्।
यसअघि मनसुन प्रवेशमा ढिलाइ हुने अनुमान गरिएकोमा अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल आउने अवस्था बनेको हो ।
मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । गण्डकी प्रदेशभन्दा पूर्वतर्फ रहेका सबैजसो वर्षा मापन केन्द्रहरुले पानी परेको देखाएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |