

स्यादुल,०२ असार।
बेनिघाट रोराङ गाउँपालिका ६ स्यादुलस्थित पञ्चकन्या माध्यमिक बिद्यालयको बाल क्लबले बिपन्न बालबालिकालाई स्टेशनरी लगाएतका सामाग्री सहयोग गरेको छ ।
बिद्यालयमा गठित बाल क्लबले बिद्यालयमा अध्ययनरत अभिभावक बिहिन, जेहन्दार र बिपन्न बालबालिकाहरुलाई शुक्रबार सहयोग वितरण गरेको हो ।
बालक्लबमा आबद्ध रहेका बालबालिकाहरुबाट मासिक १०,२० रुपैयाँ संकलित रकमबाट १३ जना बालबालिकाहरुलाई चप्पल , ७ जनालाई ४ दर्जनका दरले कपी र २ बाकस पेन्सिल र १६ जना बालबालिकाहरुलाई सरसफाइको लागि २÷२ साबुन सहयोग गरिएको पञ्चकन्या बाल क्लबका सदस्य कृष्णचन्द्र प्रजाले जानकारी दिनुभयो ।

बिद्यालय प्रधानाध्यापक कृष्ण सिलवाल तथा बाल क्लब सहयोगी शिक्षक शेर बहाुर भट्टको उपस्थितिमा बालक्लबले उक्त सामाग्री वितरण गरेको हो ।
बिद्यालयमा अध्ययनरत कुन बालबालिकालाई बिद्यालय आउन के समस्या भएको हो भनी बाल क्लबका पदाधिकारीहरुले पहिचान गरे पश्चात सामग्री वितरण गरिएको बालक्लबका अध्यक्ष सुजन चेपाङले बताउनु भयो ।

बालबालिकाहरुबाट शुरु भएको सहयोग कार्यक्रमले बिद्यालय नियमित नहुने बालबालिकाहरुलाई बिद्यालयसम्म पहुँच बृद्धि गर्न ठुलो योगदान हुने बिद्यालयका प्रधानाध्यापक कृष्ण सिलवालले बताउनु भयो ।
आगामी दिनमा बिद्यालयले पनि बालक्लबले गरेका यस्ता रचनात्मक काममा सहकार्य गर्ने बालक्लव सहयोगी शिक्षक शेर बहादुर भट्टले बताउनु भयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |