

नेदरल्याण्डसँग पराजित हुँदै नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा भएको अन्तिम खेलमा नेदरल्याण्डसँग ७ विकेटले पराजित हुँदै नेपालको सुपर सिक्समा पुग्ने लक्ष्यसमेत समाप्त भएको छ । नेपालले चारमध्ये तीन खेलमा हार व्यहाेरेकाे छ ।
जितको लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको थियाे ।
ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए । आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।
आरिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो ।
सन्दिप लामिछानेले २७ रनको योगदान गरे । नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |