

धादिङ,१२ असार ।
धादिङको खनियाबास गाउँपालिका–३ का १७ बर्षिय मेवाङ तामाङ ८ दिन देखी बेपत्ता भएका छन्।
२ महिना अघि भारत काम गर्न गएका तामाङ,काम गर्न कठिन भएपछी परिवारसँग घर आऊछु भनेर भारतको हिमाञ्चल प्रदेशबाट जुन २० तारिखमा निस्किएको र त्यहि दिनबाट परिवारसँग सम्पर्कविहिन रहेको मेवाङका दाजु सुजन तामाङले बताए।
मेवाङका दाजु सुजनले भने,‘परिवारसँग ४ दिनमा नेपालमा आईपग्छु भनेका थिए अहिलेसम्म सम्पर्कविहिन छन्,उनलाई भारत लगेको ठेकेदार सुन ब.तामाङसँग सम्पर्क गर्दा जुन २० तारिखमै नेपाल पठाएको भने।’
कालो वर्ण,नाकको दाँया पट्टी कालो कोठी भएको,माथी सुंन्तला रंगको हुक र हरियो रँगको हाल्फ पाइन्ट लाएको,हिमान्चलबाट मनाली हुँदै चन्डिगेट सम्म परिवारसँग सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहिन भएकोले खोजिदिन दाजु सुजन तामाङले आग्रह गरेका छन् ।
कहिँ कतै देख्नु हुने महानुभावहरुले प्रहरी वा सम्पर्क न.९८६०१२५०९०,९८६२७८७२२२ मा सम्पर्क गरिदिन तामाङले आग्रह गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |