

एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेवाट सुरु हुनेछ ।
प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । तर नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेल्ने छैनन् भने करण केसी र ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन्।
नेपाल समूह ‘बी’ मा छ । नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र तेस्राे खेल यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |