

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालमा अत्यावश्यक बाहेकका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।
पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएपछि क्यानले अत्यावश्यक बाहेकका उडानमा प्रतिबन्ध लगाएको हो।
बुधबार साँझ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो ट्वीटर अकाउन्टमा प्रतिबन्धबारे जानकारी गराउदै अनावश्यक उडानहरू जस्तै पहाड देखाउने उडान, अतिरिक्त भार सञ्चालन र हेलिकप्टरबाट पुष्पवृष्टिमा प्रतिबन्ध लगाइने जनाएको छ।
नेपालमा भर्खरै भएको अर्को हेलिकप्टर दुर्घटनापछि सरकारले यो प्रतिबन्ध लगाएको हो । मंगलबार हिमालको चुचुरोको भ्रमण गरेर फर्किने क्रममा मनाङ कम्पनीको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टरमा नेपाली पाइलटसहित मेक्सिकन परिवारका पाँच पर्यटकको मृत्यु भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |