

धादिङ,१८ श्रावण।
भुइँ बारुला (सिङ्गुस) खाँदा मनाङमा छ जना बिरामी परेका छन् ।
मङ्गलवार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने छ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
बिरामी पर्नेमा धादिङका प्रेमबहादुर घले, गोरखाका सेते तामाङ, पहलमान थापा, दलबहादुर आले, गुन्जमान थापा, वनबहादुर आले र उदयपुरकी लीला तामाङ रहेकी छिन् ।
बिरामी पर्नेहरु ३५ देखि ४८ उमेर समूहको रहेका छन् । उनीहरुको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सिङ्गुस खाएर मङ्गलवार रातिदेखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |