

आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन निकालेर भोलि शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ ।महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतवार पनि देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुनेछ ।
सोमवार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमवार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।
विभागले भोलिदेखि सोमवारसम्म पहाडी भूभागमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको, शहरी क्षेत्रमा डुबान हुनसक्ने तथा देशका साना–ठूला नदीको सतह बढ्ने अनुमान गरेको छ ।
विभागले सडक र हवाई यातायात अवरुद्ध हुनसक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |