

कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड आएको छ ।
यस वर्ष जीपीए ३ दशमलव ६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार नौ सय ७६ जना रहेको छ । यस्तै ३८ हजार नौ सय ९९ जनाले जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याएका छन् ।
यस्तै ६९ हजार एक सय ७४ जनाले जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २०, ६३ हजार ७७ जनाले जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याएका छन् । यस्तै ११ हजार चार सय ३८ जनाले जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० र ४७ जनाले जीपीए १ दशमलव ६१ देखि २ सम्म ल्याएका छन् । यो वर्ष एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।
गएको वैशाख २६ गतेदेखि शुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट झन्डै चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |