

दर्ता, नवीकरण नभएका क्रसर र बालुवा प्रशोधन उद्योगहरू बन्द हुने भएका छन् ।
ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी गोरखा जिल्ला अनुगमन समितिको बुधवार बसेको बैठकले गएको असार मसान्तसम्म दर्ता वा नवीकरण नभएका सबै उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो ।
समितिले पालिकाहरूमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू नवीकरण भए/नभएकोबारे पर्यटन तथा उद्योग कार्यालयबाट विवरण मागेको थियो ।
कार्यालयले गएको असार मसान्तसम्म जिल्लाभित्रका कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योग नवीकरण नभएको जानकारी गराएको जिल्ला समन्वय समितिका सूचना अधिकारी सुकदेव नेपालीले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |