

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिकै सुक्खा पहिरो खसेपछी नारायणगढ-मुग्लिन सडक १० घण्टादेखि बन्द रहेको छ।
पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय चितवनसँग समन्वय गरी ३ वटा लोडर र १ वटा स्काभेटर प्रयोग गरि पहिरो हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ।
दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् ।यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।सडक खुलाउन अझै केही समय लाग्नेछ। यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ ।
सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |