

धादिङ-नुवाकोटमा भएको चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङले ७ पदक जित्दै दोस्रो भएको छ।
चन्द्रज्योति तेक्वान्दो डोजाङ्ग नुवाकोटद्धारा असोज १९ र २० गते आयोजित दोस्रो चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम धादिङले २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित द्वित्तिय हुन सफल भएको धादिङका टिम कोच मोहित परियारले जानकारी दिनुभयो ।
प्रतियोगितामा धादिङबाट सहभागीमध्ये स्वर्ण पदक बिजेता प्रमिता तामाङ (४५–४९) केजी–टिम धादिङ र आशिका तामाङ(३८–४१ केजी)–टिम धादिङ रहेकी छिन्।
त्यस्तै रजत पदक बिजेता प्रदिप तामाङ (४०–४४ केजी) टिम धादिङ, रिदम श्रेष्ठ (२०–२४ केजी) टिम धादिङ र सुरेश तामाङ (३५–३९) टिम धादिङ रहेका छन् ।
कास्य जित्नेमा राजु गिरी (४०–४४ केजी) गल्छी र पार्बती अधिकारी (४२–४५ केजी) गल्छी रहेकी छिन् ।
धादिङकी प्रमिता तामाङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् ।
प्रतियोगितामा नुवाकोट म्यागङको सामरी डोजाङले ५ स्वर्ण र १ कास्य पदक प्राप्त गरि प्रथम भयो।
उक्त प्रतियोगितामा नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका बिभिन्न डोजाङ्गहरूबाट ३०० जना खेलाडीहरु सहभागी थिए । जसमा धादिङबाट टिम धादिङ, सुनगाभा, गल्छी तेक्वान्दो डोजाङ्गका गरि २६ जना खेलाडी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा धादिङबाट प्रदिप गिरी जुरी र सुब्बा श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।प्रतियोगितामा पदक जित्ने खेलाडी तथा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई बाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले पदक र शिल्ड प्रदान गर्नु भएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |