

धादिङ । रामेछापमा जारी बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा धादिङ फाईनल गरेको छ।
प्रतियोगिता अन्तरगत आज विहान भएको पहिलो सेमिफाईनल खेलमा ललितपुरलाई २५–१४ र २५–२०को साेझाे सेटमा पराजित गर्दै धादिङ फाईनल प्रवेश गरेको हो ।
अब उपाधीको लागि धादिङले रामेछाप र नुवाकोटबिचको बिजेता सँग भिड्ने छ ।फाईनल खेल दिउसाे १ बजे हुनेछ ।
धादिङ टिममा मनोज श्रेष्ठको कप्तानीमा रविन नगरकोटी, शरण सामरी, अमन आले मगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ तामाङ, प्रदिप मगर र मोहन तामाङ रहेका छन् ।धादिङ टिम कोचमा बिरु लामा रहेका छन्।
नेपाल विद्यार्थी संघ रामेछापको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख, द्वितिय हुने टिमले १ लाख ५० हजार, तृतिय हुने टिमले १ लाख र सान्तवना हुने टिमले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |