

धादिङ । नीलकण्ठ नगरपालिका–७ पिप्लेमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् ।
आज बिहान हाडीखोलामा लुकेर बसेको चितुवाले आक्रमण गर्दा स्थानीय २५ वर्षीय गोमा श्रेष्ठ, ८३ वर्षीय नन्दप्रसाद अधिकारी, ४३ वर्षीया विमला कोईराला र ३५ वर्षीय दिपक श्रेष्ठ घाइते भएका छन् ।
घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेकाे छ।
चितुवाले आक्रमण गरेपछि स्थानीयहरूले प्रतिकार गर्ने क्रममा चितुवाको ज्यान गएको छ।स्थानीयले मृत्यु भएको चितुवालाई डिभिजन वन कार्यालय धादिङमा बुझाईएका छन्।
जंगली जनावरको प्राकृतिक वासस्थानमा मानव अतिक्रमण बढनु, वनमा डढेलो लाग्नु र पानीका श्रोतहरु सुक्दै जानुका कारण जनावरहरु मानव बस्तिमा पस्न थालेको छ।
अहिले धादिङका अधिकांश बनमा डढेलो लागेको छ।
नलाङ, सलाङ, कुम्पुर, सुनाैलाबजार, कल्लेरी, मुरलीभञ्ज्याङ लगायतका विभिन्न स्थानको जंगलहरुमा केहि दिनदेखि डढेलो लागिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |