

धादिङ ।नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले नगद १ लाख ३२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१९ लामाचौरस्थित निर्मला पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१९ गैरीखोर बस्ने ३२ वर्षीया रिया गर्बुजा समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ६ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खूस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-४ नख्खु बस्ने धादिङ निलकण्ठ नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |