

धादिङ । सदरमुकाम धादिङबेशीस्थित एक तोरी मिलमा चोरी भएको छ।
नीलकण्ठ नगरपालिका-३ गणेशटोलमा रहेको श्री न्यौपाने तेल मिलमा काम गर्ने कामदार र छिमेकीहरु मिलेर चोरी गरिएको तेल छिमेकी घरहरुबाट ठूलो परिणाममा प्रहरीले आइतबार बरामद गरेको छ।
लामो समयदेखि मिलमा काम गर्ने कामदार रमेश गुरुङले चोरी गर्दै आएको शंका लागेपछि मिल सञ्चालकले आन्तरिक रुपमा छानबिन गरी जिल्ला प्रहरी कार्यालय धादिङमा आइतबार उजुरी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी हिरासतमा लिएको छ भने छिमेकी तिन जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।
मिल सञ्चालकले कामदार रमेश गुरुङलाई सबै जिम्मा लगाएर घर जाने गरेको र त्यसैको मौका उठाइ छिमेकीहरूसँग मिलेर चोरी गरेर तेल लुकाउने गरेको मिल सञ्चालकले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।
मुख्य आरोपित गुरुङले सबैभन्दा नजिकको छिमेकीको घरमा राखेको करिब २५ लाख बराबरको २ सय १५ तोरीको तेल जर्किन, गाग्री तथा अन्य भाडामा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ भने अन्य छिमेकीको घरबाट ६५ लिटर तेल बरामद गर्दै छानबिनका लागि ३ जना घरधनी र एक जना कोठा भाडामा बस्नेलाई पक्राउ गरेको छ।
मिलमा काम गर्ने कामदार गुरुङले राती १ बजेभन्दा पछि मिलमा लगाइएको सिसी क्यामरा अफ गरेर छिमेकीसँगको सहकार्यमा चोरी गरेर तेल र सोही मिलमा कुटानी गर्ने गरिएको चामल बिक्री गर्ने गरेको पाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |