

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज हङकङ संग खेल्दै छ।
खेल बिहान ११: ४५ बजेदेखि ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने छ।
नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।
त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ ।
प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ ।
यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुने छ । अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |