

झार्लाङ। धादिङको खनियावास गाउँपालिका वडा नं २ कोखिममा बचत तथा ऋण व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि सञ्चालन गरेको दुई दिने बचत तथा ऋण व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको हो ।
आईतबारदेखी शुरु भएको तालिममा २६ जना सहभागी थिए ।

तालिममा समुहमा बचतको महत्त्व, बचत संकलन, आम्दानी र खर्च अभिलेख, ऋण लगानी,पासबुक, बचत तथा ऋण परिचालन सम्बन्धि निति नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार , घुम्ती कोष परिचालन र बित्तिय सारक्षरता लगायतका बिषयमा सहजकर्ता सन्तोष सत्यालले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उद्देश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनु भएको थियोे ।


कृषकको क्षमता विकास , जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उद्देश्यले खनियावास गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |