

काठमाण्डौ। काठमाण्डौ उपत्यकमा वर्षाजन्य विपद्मा परी २१ जनाको मृत्यु भएको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार अहिलेसम्म काठमाण्डौमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।
यस्तै उक्त विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन भने नौ जना घाइते भएका छन् ।
बाढीपहिरो तथा डुबानमा परेका सात सय २८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो ।
बाढीपहिरोबाट काठमाण्डौमा चार घर भत्किएका छन भने दुई सय २६ घर डुबानमा परेका छन् ।
ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।प्रवक्ता घिमिरेका अनुसार विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाण्डौमा तीन हजार १००, ललितपुरमा नौ सय ५५ र भक्तपुरमा एक सय ३५ जना नेपाल प्रहरीको जनशक्ति खटिएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |