

धादिङ। त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला जारी रहेको छ।
मेलाको आज आठौँ दिन बुधबार विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
आज लोकप्रिय गायक बद्री पंगेनी, गायक राम बहादुर गैरे, गायिका मनमाया वाईवा, गायिका रिता कुमाल, गायक ऐरिक विश्वकर्मा, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि १३ गते बिहिबार चर्चिक गायक तथा मोडल दुर्गेश थापा, गायिका रुपा घर्ति मगर, गायक देवराज आले मगर,दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने छ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुु¥याऔंं भन्ने मूल मर्मका साथ ५ गते बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।
स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पु¥याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको सहकारीका अध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो ।
मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
भिडियो…………..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |