

नुवाकोट । पञ्चकन्या गाउँपालिका वडा १ बानियाँटारमा बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने र वडा स्तरीय बालमैत्री समिति गठन गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

वडाध्यक्ष महानन्द ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायतको सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो ।

अभिमुखिकरण पछि वडाध्यक्ष महानन्द ढकालको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ।

कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन वडास्तरीय संरचना र ५१ सूचकहरू लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक सहजकर्ता दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |