

तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार मृत्यु हुनेमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई रहेका छन् ।
रविना र सुस्मिता शनिवारको बिदा मनाउन खोरङ्वा खोलामा गएका र खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका गौखुरी माविका सहायक प्रधानाध्यापक कमल सापकोटाले बताउनुभयो ।
बगेका दुई जनाको बेलुका शव भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |