

धादिङ । सदरमुकाम धादिङबेशीमा लोक सास्कृतिक महोत्सव जारी रहेको छ।
मेलाको आज सातौँ दिन बुधबार विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
आज चर्चित गायक पशुपति शर्मा,गायिका सम्झना भण्डारीसँगै धादिङ सांङ्कोष घर भएकी बहुचर्चित बाल गायिका कमला घिमिरे र धादिङमै जन्मिएका दोहोरी गायक सागर बिसीको प्रस्तुति हेर्न र सुन्न पाइनेछ ।
साथै राजेश गुरुङ र रञ्जित गजमेरको पनि प्रस्तुति रहने मेला आयोजक मुल समितिका संयोजक दीपक कोइरालाले जानकारी दिनुभयो।
महोत्सवमा धादिङ जिल्ला अन्तरपालिका लोक दोहोरी प्रतियोगिता पनि जारी रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक माघ १० गतेदेखी लोक सांस्कृतिक महोत्सव जारी छ।
महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |